काठमाडौँ। गायक प्रकाश सपुतको गीत 'पिर'को विवादबारे कलाकार दीपकराज गिरीले पनि आफ्नो कुरा राखेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो कुरा राखेका हुन्। सञ्जालमा उनले आफुलाई गीत मनपरेको बताएका छन्।
उनले लेखेका छन् " पीर गीत असाध्यै राम्रो ! मलाइ पनि छोयो ,धेरै लाइ छोएको हुनु पर्छ ! तर केहि मानिस मौक़ा यही हो भनेर माओबादी पार्टी लाइ , समूह बनाएरै सराप्न थालेको पनि देखे, कुन चाहि पार्टी मा केहि मानिशको रजाइँ र केहि मानिशको हरि बिजोक छैन ? कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो अबस्था छैन भनेर ठोकूबा गर्न सक्छ? उसैको बिचार बाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाइ गर्ने ? हो गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो …."