पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने

कास्की - पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ। पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो।

पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिता ४५ किलोमिटर दुरीमा हुनेछ।

महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने महानगरको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए। उनका अनुसार पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमा पुगेर टुंगिनेछ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन्। पोखरा महानगरले नगर क्षेत्रमा छुट्टै साइकल लेनको समेत निर्माण गरेको छ। यद्यपि यसको उपयोग भने हुन सकेको छैन। अहिले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको र अर्को पटकदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने गरी तयारी भइरहेको गोदारले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×