साफ यु १५ महिला च्याम्पियनसिपः भुटानलाई पराजित गर्दै नेपाल शिर्ष स्थानमा

काठमाडौँ - नेपाली यू-१५ राष्ट्रिय फुटबल टोलीले भुटानमाथि जित निकालेको छ। साफ महिला यू-१५ च्याम्पियनसीप अन्तर्गत बंगलादेशमा आज सम्पन्न खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले हराएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा नेपाललाई जित दिलाउन सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गरेको गोलसँगै नेपालले भुटानमाथि लगातार दोस्रो खेलमा जित निकालेको हो।

नेपालले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १-० गोलअन्तरले हराएको थियो।

३ देश सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको छ। नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×