`चिसो मान्छे'मा स्वस्तिमाको सुदूरपश्चिमेली लुक्स

काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काको आउँदो चलचित्र `चिसो मान्छे'बाट एक झलक सार्वजनिक गरिएको छ। पोस्टरमा उनी सुदूरपश्चिमेली लुक्समा देखिएकी छिन्। निकै सफल चलचित्र बनाइसकेका निर्देशक दीपेन्द्र के खनालको निर्देशन र कथा रहने चलचित्रको प्रदर्शन मिती समेत घोषणा गरिएको छ।
 

चलचित्रमा अर्पण थापा पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रको छायांकन बाजुरामा हुने जनाईएको छ। शर्मिला पाण्डेको लगानीमा निर्माण हुन लागेको चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी आदि कलाकारहरुलाई पनि देख्न सकिनेछ। कलाकारहरुले बाजुराली भाषा समेत बोल्ने बताईएको चलचित्र असार ३ गते प्रदर्शनमा आउने जनाईएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×