काठमाडौँ - पछिल्लो समय समाजमा बढिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ गीत ‘खोजी हिडे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा गीतकार भामा देवकोटा शर्माको रचना तथा गायक स्वरुपराज आचार्यको स्वर रहेको छ।‘अनुनय’ एल्बममा संग्रहित उक्त गीतमा बिष्णु तामाङले संगीत दिएका छन्।
गीतको भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन्। भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन्।
सापकोटाले झन्डै तीन सय हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युट्युब च्यानालमार्फत सार्वजनिक गरिएको छ।