मन्त्री रेग्मी वीर अस्पतालमा उपचार गराउँदै

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। 

टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएपछि मन्त्री रेग्मीलाई चोट लागेको थियो। सो चोट लागेसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बस्दै आएकी थिइन्। तर, टाउकोको समस्या घट्दै जानुको सट्टा थप बढ्दै गएका कारण उनलाई उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको हो।

मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माका अनुसार एमआरआई पश्चात मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ। जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पताल स्रोतले जनाएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×