काठमाडौँ । काठमाडौँको कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मोरङ पथरी घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका २७ वर्षीय प्रकाश लिम्बुको मृत्यु भएको हो ।
मंगलबार राती ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई ना १ क ४५०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करले दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए । उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि लगिएको थियो । तर उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा पनि गम्भिर घाइते भएका थिए । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ठक्कर दिएर फरार भएको टिपर कीर्तिपुरबाट समातिएका छन् । चालक सहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएका छन् ।