जाँचबुझ आयोगको निर्णय : केपी शर्मा ओलीमाथिको स्थानहद फुकुवा, विदेश भ्रमण र उपत्यका बाहिर जान पाउने

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीलाई काठमाडौँ उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा लगाइएको रोक हटाउने निर्णय गरेको हो।

आयोगले अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आवश्यक सोधपुछ र बुझ्ने प्रक्रिया पूरा भइसकेकाले प्रतिबन्धको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ। सोही आधारमा उनीमाथि लगाइएका सबै प्रतिबन्ध फुकुवा गरिएको आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए।

यसअघि आयोगले २०८२ असोज १२ गतेको निर्णयअनुसार अनुसन्धानको दायरामा रहेका कारण ओलीलाई काठमाडौँ उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाएको थियो। सोधपुछ प्रक्रिया सम्पन्न भएसँगै आयोगले उक्त निर्णय पुनरावलोकन गर्दै स्थानहद हटाउने निर्णय गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×