सर्वोच्च स्वतन्त्रताको पक्षमा अभियान जारी; आन्दोलनकारीहरूको कर्तुत भण्डाफोर!

काठमाडौँ । राजधानीको माइतीघर मण्डलामा स्वतन्त्र कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको स्वतन्त्र पक्षधर प्रदर्शन आयोजना गरेका छन्

आन्दोलनकारी वकीलहरूले विद्रोहको एजेण्डा किर्ते साबित भइसक्दा पनि नाराबाजी र धर्ना कायमै राखिरहँदा स्वतन्त्र कानून व्यवसायीहरूले पनि काउन्टर प्रदर्शन जारी राखेका हुन्। सर्वोच्च अदालतको स्वतन्त्रताको पक्षमा स्वतन्त्र कानून व्यवसायीहरू शुरूदेखि नै उभिएका हुन्। आज शुक्रबार पनि आन्दोलनकारीहरूले अराजकता पेश गर्दै सर्वोच्च परिसरअघि हुलढुंगा मच्चाएको विरोधमा स्वतन्त्र कानून व्यवसायीहरूले दबावको शासन अदालतमा लागू गर्ने दुस्साहस नगर्न चेतावनी दिएका हुन्।  उनीहरूले 'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!',  'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!' लगायतका ब्यानरसहित न्यायपालिकाको पक्षमा आन्दोलनकारीहरूलाई प्रतिवाद गरेका हुन्।

प्रदर्शनमा स्वतन्त्र कानून व्यवसायीहरूले आन्दोलनकारीहरू प्रति कटाक्ष गर्दै उनीहरूको कर्तुतको भण्डाफोर  गरेका छन्। वकील कृष्ण प्रसाईंले आफूहरूको अनुहारमा चमक नदेखिएको उल्लेख गर्दै भनेका छन्, 'हाम्रो अनुहारमा चमक छैन। किनभने हामीले खान पाउनुपर्ने प्रोटिन र क्यालोरी यी चोर, डाका, फटाहहरूले विदेशबाट ल्याएर खाएको ऋण तिर्नमा खर्च गरिराखेका छन्।' उनले अगाडि थपेका छन्, 'यी भ्रष्टहरूलाई जेल हाल्नुपर्छ। वकीलजस्तो देखिने  यिनीहरू दलालहरू हुन्।'

त्यस्तै, अर्का वकील कमल लामिछानेले जनताका जनप्रतिनिधिहरू, वडाअध्यक्षदेखि सांसद र मन्त्रीसम्म पनि कसैले तलब बिदा पाउन नहुने बताएका छन्। उनले दुईपटकभन्दा कोही पनि प्रधानमन्त्री वा राष्ट्रपति बन्न नपाउने कुरासमेत राखेका छन। उनले कटाक्ष गर्दै सोधेका छन्, 'साथीहरू के तपाईंहरू एकपटक नुहाइसकेको पानीले दोस्रोपटक नुहाउनुहुन्छ?' उनले राजनीतिक दलहरूसँग आन्दोलनकारीहरू महाभियोग चलाउन भनेर हारगुहार गरिरहेको बताउँदै भने, 'साथीहरू हाम्रो जित ७० प्रतिशत भइसकेको छ।' उनका अनुसार आफूहरूले हारेको स्वीकार गर्न नसकेर बारका विद्रोही आन्दोलनकारीहरूले राजनीतिक दलहरूलाई गुहार्न पुगेका हुन्।

यतिबेला सबै न्यायाधीशहरू इजलास फर्किसकेपछि बारको आन्दोलन स्वतः विफल भइसकेको छ। तर, बारले अराजक शैलीमा आन्दोलनलाई थप तन्काउने कोसिस गर्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×