सभापति देउवाद्वारा कांग्रेस प्रदेश अधिवेशनको उद्घाटन हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ। प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ। कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो।

प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×