काठमाडौँ। शुक्रवार नेटफ्लिक्सले एउटा नयाँ वेब सीरीजको घोषणा गरेको छ,जसमा बलिउडका दुई लोकप्रिय कलाकार मनोज बाजपेयी र कोंकणा सेन शर्मा देखिनेछन्। सीरीज का टाइटल 'सूप' रहेको छ। नेटफ्लिक्सले सीरीजको शूटिंग लोकेशनबाट एक भिडियो शेयर गर्दै यो घोषणा गरेको हो।
सीरीजको निर्देशन अभिषेक चौबेले गर्दैछन्। 'सूप' एक डार्क कमेडी क्राइम ड्रामा हो। कोंकणा स्वाति शेट्टीको भूमिकामा देखिनेछिन् जो निकै खराब कुक हुन्, तर एक दिन आफ्नो रेस्टुराँ खोल्ने सपना देख्छिन्, तर उनका श्रीमान प्रभाकर उनलाई त्यो सपना पुरा गर्न साथ दिदैनन। सीरीजमा नासर, सयाजी शिंदे पनि मुख्य भूमिकामा देखिनेछन्।