फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने

काठमाडौँ - डा. भोला रिजालको निर्माण र उनका छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फर्स्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

फर्स्टलुकमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन्। फिल्मले उनीहरुको विवाहको कथा भन्ने फर्स्टलुकमा झल्किएको छ। जीतु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ।

फिल्ममा जीतु र साम्राज्ञीको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। फिल्ममा अभिनेत्री रेखा थापाको केमियो भूमिकामा देखिने  छिन्। डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा कथा रिजाल स्वयं, पटकथा-संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले लेखेका हुन्।

फिल्ममा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×