आइसिसी विश्वकप लिग-२: नामिवियाले अमेरिकालाई हरायो

काठमाडौँ - आइसिसी विश्वकप लिग-२ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिवियाले अमेरिकालाई हराएकाे छ। शनिबार भएको खेलमा अमेरिकालाई ६८ रनले हराएकाे हाे।

२५५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले ५० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १८६ रन मात्र  बनाएको थियो। उसका लागि गजानन्द सिंहले सर्वाधिक ३२ रनकाे याेगदान दिएका थिए। कप्तान माेनांक पटेलले ३०, सैतेजा रेड्डी मुक्कामल्लाले २९, अविजित रहेका क्याराेन स्टेभनसनले २८ र नस्तुष केन्जिगेले २८, जसकरण मल्हाेत्राले २२ तथा स्टेभन टेलरले १३ रन जाेडेका थिए।

नामिवियाका लागि बर्नार्ड स्काेल्ट्जले ३, टांगाेनी नुङ्गाम्यानले २ तथा रुवेन ट्रम्पलम्यान र कप्तान गर्हार्ड इरास्मसले १/१ विकेट लिएका थिए। त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिवियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २५४ रन बनाएकाे थियाे।

उसका लागि गेर्हार्ड इरास्मस, लाे ह्यान्डरी लाेरेन्स र स्टेफन बार्डले अर्धशतकीय पारी खेलेका थिए। ८७ रन बनाएका इरास्मसले ७२ बलमा ९ चाैका र १ छक्का प्रहार गरेका थिए। लाेरेन्सले १०५ बलमा ३ चाैकासहित ५७ रन बनाएका थिए।

बार्डले ७० बलमा ५ चाैका र १ छक्कासहित ५३ रन जाेड्दा जेजे स्मित २९ रनमा अविजित रहेका थिए। अमेरिकाका लागि शाैरभ नेत्रावाल्करले ३ तथा क्यामराेन स्टेभनसन र स्टेभन टेलरले १/१ विकेट हात पारेका थिए।

हारका बाबजुत ३२ खेलमा २९ अंकका साथ अमेरिका तेस्रो स्थानमा रहँदा जित हात पारेकाे नामिविया २० खेलमा २२ अंक जाेडेर पाँचौं स्थानमा रहेको छ। त्यस्तै, विश्वकप लिग-२ मा अहिलेसम्म २० म्याच खेल्दा ८ जित र ११ हार र १ बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×