काठमाडौँ - आम सर्वसाधारणको अवलोकनका लागि ट्वान्टी-२० क्रिकेट विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिँदै छ। बिहान ११ देखि दिउँसो १ बजेसम्म अवलोकनका लागि ट्रफी राखिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
ट्रफी मंगलबार (हिजो) गोक्यो ताल र कालापत्थरमा राखिएको थियो। त्यसपछि काठमाडौंको चन्द्रागिरिमा पुर्याइएको थियो।
विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ। ट्वान्टी-२० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो। यसअघि, सन् २०१९ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो।