नेपालको लगातार दोस्रो हारसँगै सकियो एएफसी कपमा छनोट हुने सम्भावना

काठमाडौँ - लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ। शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४-१ अन्तरले पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो। यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा रहेको छ।

कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले १/१ गोल गरेका थिए।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे। हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए।

खेलको २८औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका तिए। ४८औं मिनेटमा युसेफ दोस्रो गोल गरे। खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४-० को अग्रता बनाए। खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गरेको गोल सान्त्वना गोलमा परिणत भयो।

यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोडेको छैन। पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ। नेपालले अन्तिम खेल इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×