अमिताभ बच्चनको आउँदो चलचित्र ‘झुण्ड’को ट्रेलर हेर्नुहोस्

भारत। बलिउड अभिनेता अमिताभ बच्चनको आउँदो चलचित्र ‘झुण्ड’को पनि प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र मार्च ४ बाट प्रदर्शनमा आउनेछ। हालै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर टिसिरिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

ट्रेलरमा अभिताभ एक झुपडी बस्तीमा बस्ने युवाहरुलाई फुटबलको तालिम दिएर उनीहरुलाई सक्षम खिलाडी बनाउन मिहिनेत गरेको देख्न सकिन्छ। चलचित्रमा नागराज पोपटराव मञ्जुललेको निर्देशन रहेको छ। चलचित्र एक प्रोफेसरको कथामा आधारित रहेको छ। जसले झुपडी बस्तीमा बस्ने युवाहरुको फुटबल टिम बनाउनका लागि प्रेरणा दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×