काठमाडौँ - बजारमा तीज लक्षित गीतसंगीत आउन थालिसकेका छन्। यस्तैमा गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन्। जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ।
लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन्। गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज छ।
भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय रहेको छ। थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन्। जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन्।
लोक,आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिँदै आएकी छिन्। निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट ‘थरी थरी भोले’ गीत निर्माण तथा सार्वजनिक गरेकी हुन्।