च्याम्पियन्स लिग : एट्लेटिको मड्रिड अन्तिम १६ मा

काठमाडौँ। च्याम्पियन्स लिग फुटबल अन्तरगत हिजो भएको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले पोर्चुगिज क्लब एफसी पोर्टोलाई हराएको छ। एट्लेटिकोले एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराएको हो।  जितसँगै एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो। त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको पोर्टो भने ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भयो।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एन्जल कोर्रेया र पाउलले एक – एक गोल गरे। खेलको इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएका थिए। यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। एट्लेटिकोले ६ खेलमा ७ अंक जोड्यो । पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×