काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले भियतनाम जाने यु-१७ फुटबल टोलीलाई विदाइ गरेको छ। एन्फाले शनिबार एएफसी यु-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई विदाइ गएको हो।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई विदाइ गरेका छन्। नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्नेछन्। विदाइ कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिएमा छन्। उनले एन्फामा विगतदेखि रहेको समस्या छिट्टै समाधान हुने प्रतिबद्धता जनाएका छन्।
समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन्।