सोमबार पुनः १० अर्ब ४९ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौ - भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

माघ नौं गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब ४९ करोड रुपैंयाँ बराबरको रहेको छ । 

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन ११ गते र २०८१ बैशाख ११ गते तोकिएका छन् । यि ट्रेजरी बिलहरुमा ९१ दिने अवधिको पाच्च अर्ब ४९ करोड रुपैंयाँ मध्ये पाँच अर्बको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन । 

राष्ट्र बैंकका अनुसार यसअघि यही पुस २९ गते पनि राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×