शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २,२०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २,५०,६०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला २,४८,४०० रुपैयाँमा थियो।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेर ३,२८० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस ४,१७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।