एन्फाको बैठक बिहीबार हुने

काठमाडौँ - अखिल नेपाल फुटब संघ (एन्फा) को स्थगित भएको कार्यसमितिको दोस्रो बैठक बिहीबार हुने एन्फा वेभसाइडमार्फत मंगलबार जानकारी दिएको छ।

एन्फा अध्यक्ष पंकज नेम्बाङ अस्वस्थ भएपछि बैठक सोमबार स्थगित गरिएको थियो। एन्फा बैठकका लागि विविधबाहेक १७ वटा एजेन्डा तय भएका छन्। उप महासचिव, प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रवक्ता नियुक्तिलाई महत्वका साथ हेरिएको थियो। एन्फाका महासचिव किरण राईले असार २४ गते ११ एजेन्डासहितको पत्र पदाधिकारी र सदस्यहरूलाई पठाएका थिए।

पछि एन्फाका २ उपाध्यक्ष दीर्घबहादुर केसीले ५ र दीपक खतिवडाले १ एजेन्डा थप्न माग गरेपछि एजेन्डा १७ पुगेको थियो। खतिवडाले १ मात्र एजेन्डाका रूपमा सीईओ र प्रवक्ता नियुक्ति समेट्न माग राखेका थिए। केसीले भने विशेष साधारणसभादेखि महिला लिगको दोस्रो चरण आयोजना लगायतका विषयलाई थप्न आग्रह गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×