काठमाडौँ - लिभरपुलका मोहमद सलाहले पीएफए फ्यान्स प्लेयर अफ द इयर अवार्ड जितेका छन्। इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन्।
२९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड जितेका हुन्। सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए।
उनले प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका हुन्। उनले प्रिमियर लिगको २०२१/२२ को सिजनमा २३ गोल गरेका थिए।
सलाहले यस सिजन गोल अफ द सिजन अवार्ड जितेका थिए। त्यस्तै सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड समेत हात पारेका छन्।