नेपाल टि-२० लिग डिसेम्बर १२ देखि,खेलतालिका सार्वजनिक

काठमाडौँ - नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा सञ्चालन हुने नेपाल टि-२० लिगको खेलतालिका सार्वजनिक भएको छ। आगामी महिना डिसेम्बर १२ तारिख देखि सुरु हुने लिगको खेल तालिका सार्वजनिक भएको हो।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी हुनेछन्। त्रिवि मैदान कीर्तिपुरमा डिसेम्बर १२ तारिखमा हुने लिगको उद्घाटन खेलमा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्।

सोहि दिन हुने अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच भिडन्त हुनेछ।

६ फ़्रेन्चाइज् टिम सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। सबै टिमले एक अर्कासंग लिग चरणमा २र२ खेल खेल्नेछन्। डिसेम्बर २७ तारिखमा पहिलो क्वालिफायर हुनेछ।

डिसेम्बर २८ मा इलिमीनेटर, डिसेम्बर २९ तारिखमा दोश्रो क्वालिफायर हुनेछ।  डिसेम्बर ३१ तारिखमा फाइनल खेल सम्पन्न हुने क्यानले जनाएको छ। क्यानको आयोजनामा हुने नेपाल टि-२० लिगलाई आइसीसीले मान्यता दिइसकेको छ।

उक्त लिगको व्यवस्थापनको जिम्मा सेभेन थ्रि स्पोर्टसलाई रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×