‘प्रेमगीत ३’ ले विश्वबजारबाट कमायो ३७ करोड २६ लाख

काठमाडाैँ - नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कलेक्सन गरेको छ। असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले ३ सातामा ३७ करोड २६ लाख (नेपाली रुपैयाँ)कलेक्सन गरेको निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। सेनका अनुसार चलचित्रले नेपालमा मात्रै तीन सातामा १३ करोड २६ लाख रुपैयाँ कलेक्सन गरेको छ।

चलचित्र गत शुक्रवारदेखि नेपाल, भारतलगायतका देशमा चौँथो सातामा प्रदर्शनरत छ। चौँथो सातामा पनि चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको निर्माण टिमको दाबी छ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा रहेका छन्। साथमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ।

‘प्रेमगीत-३’ले नेपाली चलचित्रलाई विश्व बजारमा प्रवेश गराउँदै एकैदिन धेरै देशमा प्रदर्शन भएको चलचित्रको कीर्तिमानसमेत बनाएको छ। पाकिस्तानमा समेत पहिलोपटक नेपाली चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×