पल र समीक्षा भन्छन् : हामी मिल्ने साथी मात्र हौँ

काठमाडौँ। अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्ध निकै चर्चामा रहने गरेको छ। जोडीबारे विभिन्न गसिप बन्ने तथा अड्कल काटिने गरेको छ। तर, उनीहरुले आफूहरुबिच प्रेमसम्बन्ध नरहेको बताउँदै आएका छन्। 

केहि समयअघि समीक्षाले सामाजिकसञ्जालमार्फत पलसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै पललाई आफुले अभिभावक मान्ने जनाएकी थिइन्। तर, गत माघ ६ गते समीक्षाले सञ्जालमा 'अब यथार्थ खुल्ने समय आएको' भन्दै पोस्ट गरेपछी जोडीको चर्चा पुन:चुलिएको थियो। यधपी केहि समयपछी उक्त कुरा पनि सेलायो। धेरैले समीक्षाले पलविरुद्ध उजुरी दिन लागेको अड्कल समेत गरेका थिए। साथै उनीहरुको कुरा गोप्य रूपमा मिलाइएको समेत हल्ला चलेको थियो। 

हाल अभिनेता पल शाह 'म यस्तो गीत गाउँछु २' प्रचारप्रसारमा लागेका छन्। यसैक्रममा पललाई समीक्षासँगको प्रेमसम्बन्धबारे पनि प्रश्न सोधिने गरेको छ। प्रतिउत्तरमा पलले आफूहरुबिच कुनै प्रेमसम्बन्ध नरहेको बताएका छन्।

केहि समयपछी समीक्षा समेत मिडियामा देखा परिन्। उनलाई पलसँगको प्रेमसम्बन्धबारे सोध्दा उनले 'नो कमेन्ट' भनिन्। जोडीबारे बिभिन्न अड्कल काटिइरहेको बेला जोडी पुन: एकसाथ देखिएका छन्। दुबैले आफूहरु मिल्ने साथी मात्रै भएको र आफूबिच राम्रो मित्रता मात्र रहेको बताएका छन्। मिडियामा आएको अफवाह सबै झुटो भएको उनीहरुले बताएका छन्। साथै आफूहरुविरुद्ध कुनै गिरोह नै लागेको उनीहरुको आरोप लगाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×