दशैं नजिकिँदा फेरि युट्युबमा सार्वजनिक गरियो फिल्म ‘मुगलान’

काठमाडौँ - दशैं नजिकिँदा एकसमयको निकै सफल फिल्म ‘मुगलान’ युट्युबमा सार्वजनिक गरिएको छ। दशैंको शुभकामनासहित ‘बुढासुब्बा डिजिटल’ले फिल्मलाई पुनः अपलोड गरेको हो। पहिले सार्वजनिक गरिएको भन्दा अलि राम्रो भिडियो क्यालिटीमा फिल्मलाई अपलोड गरिएको छ।

१७ वर्षअघि प्रदर्शनमा आएको शिव रेग्मीद्धारा लिखित एवं निर्देशित फिल्म धन कमाउन मुगलान जानेहरूको कथामा निर्माण भएको फिल्म हो। रोजगारीका लागि मुगलान पुग्ने नेपालीहरू र दशैंबीच वर्षौदेखि भावनात्मक सम्बन्ध जोडिएको पाइन्छ।

हरेक वर्षको दशैंमा ‘मुगलान’ फिल्म गीतका कारण पनि चर्चामा आउने गर्छ। जब-जब दशैँको रमझम नजिकिन्छ। ‘मुगलान’ फिल्ममा समावेश एउटा गीत निकै बज्न थाल्छ, ‘दशैँ आयो।’

लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत तथा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईको स्वर रहेको उक्त गीत सर्वाधिक चर्चित दशैं गीत मानिन्छ।

मुगलान जानेहरूको कथा, उनीहरूको दशैंसँग जोडिने भावना, चर्चित दशैं गीत समावेश लगायतका कारण पनि नजिकिँदो दशैंलाई लक्षित गरी फिल्मलाई फेरि अपलोड गरिएको जनाइएको छ।

फिल्ममा दीलिप रायमाझी, रमित ढुंगाना, विपना थापा, सुशिल क्षेत्री, मिथिला शर्मा, झरना थापालगायतको अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×