काठमाडौँ। बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित चलचित्र 'जयेशभाई जोरदार' १३ मे २०२२मा रिलीज हुने भएको छ। यो कुराको जानकारी रणवीरले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै दिएका हुन्। उनले लेखेका छन् " नाम रहेको छ जयेशभाई र काम रहेको छ जोरदार। यो चलचित्रमा रणवीर सिंहका अलावा शालिनी पाण्डे पनि मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रमाई दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको छ।