सिपिएलमा सन्दीपआबद्ध जमैकाको विजयी सुरुवात

काठमाडौँ - नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी सुरुवात गरेको छ। जमैकाले आज बिहान सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। तर, सन्दीपले भने पहिलो खेल खेलेनन्।

१८४ रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। उसका लागि शेरफन रदरफोर्डले सर्वाधिक ३३ रनको योगदान दिएका थिए।

आन्द्रे फ्लेचरले ३१, तथा डेवाल्ड  ब्रेभिसले १४, कप्तान ड्रोवेन ब्राभोले १३ र जोन रुस जगेसरले अविजत १० रन जोडेका थिए। जमैकाका लागि निकोल्सन गोरडनले ३, इमाद वासिम र मिगाल पिट्रोरियसले २/२ तथा मोहम्मद अमिरले १ विकेट लिएका थिए।

त्यसअघि वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै  १८३ रन बनाएको थियो। उसका लागि ब्रेन्डन किंग्सले ५७ बलमा  ८ चौका र ६ छक्कासहित ८९ रनको उत्कृष्ट पारी खेलेका थिए। केनार लुइसले ४८ तथा कप्तान रोभम्यान पावेलले अविजित ३० रन बनाएका थिए।

प्याट्रियट्सका लागि जाडेन क्रामइकल र ड्वेन ब्राभाेले १/१ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×