चितवन - नेपाल प्रेस युनियन चितवन शाखा देशमै उत्कृष्ट भएको छ। युनियनको हेटौँडामा आजदेखि शुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरिएको हो।
महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे। युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै चितवन शाखाका निवर्तमान अध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको छ। अधिकारी नेतृत्वको युनियनको चितवन शाखाले जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो।
नेपाल पत्रकार महासङ्घ बाहेक पत्रकार सम्बद्ध सङ्घसङ्गठनको युनियनको चितवन शाखा भवन पहिलो र एकमात्रै हो। भरतपुर महानगरपालिका–११, गोर्खाली टोलमा समाजसेवी सुश्री मैयादेवी श्रेष्ठले उपलब्ध गराउनुभएको जग्गामा युनियनले १०० जना क्षमताको सभाकक्षसहित कार्यालय भवन निर्माण गरेको छ। महाधिवेशन नयाँ नेतृत्व चयन गर्र्दै शनिबार सम्पन्न हुँदैछ। युनियन लोकतन्त्रवादी पत्रकारको साझा संस्था हो।