काठमाडौँ - कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ। भिँडभाड बढ्ने सम्भावनालाई मध्य नजर गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले होलीका दिन १७ सय प्रहरी काठमाडौँमा खटाउने भएको छ।
काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्। यस्ता सांस्कृतिक कार्यक्रमहरुमा विभिन्न खालका अभद्र घटनाहरु हुनसक्ने भएका कारण कार्यक्रमका घटनाहरुमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुने प्रहरी परिसरले जनाएको छ।
काठमाडौँमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनुका साथै रिजर्भ फोर्स समेत रहने प्रहरी परिसरले जनाएको छ। जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चनाउने बताएको छ।