भारत। बलिउड अभिनेता तथा चलचित्र निर्माता फरहान अख्तर र अभिनेत्री शिवानी डन्डेकर वैवाहिक बन्धनमा बाँधीएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार केहि समयदेखि प्रेमसम्बन्धमा रहेको यो जोडीले शनिबार विवाह गरेको हो। वैवाहिक कार्यक्रम भारतको खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा सम्पन्न भएको हो।
जोडी करिब चार वर्षदेखि प्रेमसम्बन्धमा रहेको जनाईएको छ। जोडीको विवाहमा बलिउड चलचित्रकर्मीहरुको पनि उपस्थिती रहेको थियो। ऋतिक रोशन, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती आदि कलाकारहरुलाई समारोहमा देखिएको थियो।
शिवानी अभिनयका अलावा गायन, मोडलिङ र उद्घोषणमा पनि सक्रिय रहने गरेकी छिन्। सन् २०१६ मा हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो सम्बन्ध तोड्दै फरहान एक्लिएका थिए। उनीहरूका दुई छोरी छन्।