काठमाडौँ। बलिउडमा अभिनेत्री अनन्या पाण्डे र ईशान खट्टरको प्रेमसम्बन्धको हल्ला चल्ने गरेको छ। यी दुई पटक पटक सँगै देखिने गरेका पनि छन्। तर, अहिलेसम्म दुवैले आफ्नो सम्बन्धलाई स्वीकार गरेका छैनन्।
शुक्रबार बलिउड अभिनेता शाहिद कपूरले आफ्नो ४१ औँ जन्मदिन मनाएका छन्। उनको जन्मदिनको अवसरमा बर्थडे पार्टी आयोजना गरिएको थियो, जसमा उनका भाइ इशान खट्टर, मीरा राजपूत र छोराछोरी मिशा र जैन उपस्थित थिए। यो पार्टी एकदमै निजी थियो र यसमा विशेष मान्छे मात्रै थिए।
यस पार्टीका केही तस्बिरहरू मीराले आफ्नो इन्स्टाग्राम स्टोरीमा अपलोड गरेकी थिइन्, जसमा अनन्या पाण्डे पनि थिइन्। मीराको यो तस्बिरले यो पार्टीमा अभिनेत्री अनन्या पाण्डे पनि थिइन् भन्ने खुलेको छ।