काठमाडौँ। नेपाली कथानक चलचित्र 'कबड्डी कबड्डी कबड्डी' युट्युबबाट सार्वजनिक गरिएको छ। नेपाली दर्शकहरुले निकै रुचाएको चलचित्र 'कबड्डी'को यो तेस्रो सिक्वल रहेको छ। रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रले प्रदर्शनको समयमा राम्रो व्यापार गरेको थियो। चलचित्र 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
चलचित्र: