काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो साता एकै चरणमा हुने बताएका छन्। नेपाली कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई भेट्ने क्रममा उनले यस्तो जानकारी गराएका हुन्।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठ पहिलो साताभित्र नै निर्वाचन गर्न प्रधानमन्त्री तयार रहेको र सबैलाई तयार रहन निर्देशन दिएको जानकारी गराएका थिए। देउवाको यस निर्वाचनका लागि तयार रहन दिइएको निर्देशन पश्चात सहभागीले निर्वाचन मंसिरमा हुने होला भनी शंका एवं जिज्ञासा राखेका थिए। उक्त जिज्ञासाको जवाफ दिँदै बानियाँले देउवाको अभिव्यक्ति बारे स्पष्ट पार्दै जेठको पहिलो साता नै स्थानीय तहको निर्वाचन हुने र त्यस भन्दा ढिलो गर्न नसकिने बताएका थिए।
वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशमा स्थितिबारे देउवाले प्रदेश कार्यसमितिका पदाधिकारीसँग छलफल गरेका थिए।