भजन गायक सशान कँडेलको नयाँ भजन 'बोलिदेन पापी मन' सार्वजनिक

काठमाडौँ - भजन गायक सशान कँडेलको नयाँ गीत सार्वजनिक भएको छ। भजन 'बोलिदेन पापी मन' रिलिज गरिएको हो।

सशानलाई यो भजनमा गायिका उन्नति कँडेलले साथ दिएकी छिन्। उन्नतिको यो पहिलो भजन हो। हिरालाल कँडेलको शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका छन्।

दीपक गौतम, प्रदीप ओझा, प्रकाश सापकोटा, पुष्पा आचार्यलगायत कलाकारहरुको अभिनय रहेको भिडियोमा दीपक गिरिको छायांकन, विकास दाहालको सम्पादन र कँडेलकै निर्देशन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×