काठमाडौं - काठमाडौंको महानगरपालिका–८ गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको कोठामा सर्लाही कविलासी नगरपालिका–४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका छन् । उनी कतारबाट नेपाल आई सो कोठामा बसेको खुल्न आएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी पावर हाउस ड्याममा पर्बत कुश्मा नगरपालिका–११ बस्ने ६८ वर्षीया मनमाया सुनार शनिबार मृत अवस्थामा फेला परेकी छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिर र कोशी पुलको बिच भागको पानीमा सिरहा सुखिपुर नगरपालिका–८ बस्ने ७० वर्षीय लखन महतो शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–१ जलकन्या टोल बस्ने ६४ वर्षीया हिमा देवी राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ पान्धारे चोक बस्ने ५० वर्षीया लीला पौडेल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेल बस्ने ५५ वर्षीय शिवराज श्रेष्ठ सोही ठाउँस्थित टेक बहादुर केसीको मानिस नबस्ने खाली घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२८ सिशाबासस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । ईलामको माई नगरपालिका–८ स्थित मैनाचुली सामुदायिक बनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।