विश्वकपः जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

काठमाडौँ - उपाधि दावेदार जर्मनी फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमै पराजित भएको छ। बुधबार राति भएको खेलमा जर्मनीमाथि पुनरागमन गर्दै जापानले २-१ को ऐतिहासिक जित निकालेको हो।

जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित दर्ता गराएको हो।

इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३औं मिनेटमा १-० को अग्रता लिएको थियो। तर, रित्सु डोआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा १-१ को बराबरीमा पुर्‍याएका थिए।  ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ को जित दिलाए।

जितसँगै समूह ई मा जापानले ३ अंक जोडेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×