अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाखको सम्पत्ति जफत

काठमाडौँ- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले ठूलो कारबाही गरेको छ। अभिनेत्रीविरुद्ध कारबाही गर्दै ईडीले ठग सुकेश चन्द्रशेखरको जबरजस्ती फिरौती मुद्दामा ज्याकलीनको ७ करोड २७ लाखको सम्पत्ति जफत गरेको छ। यो सम्पत्तिमा अभिनेत्रीको ७ करोड १२ लाख रुपैयाँको कर पनि समावेश छ। हालै ईडीले चन्द्रशेखरलाई पाँच वर्ष पुरानो ठगी मुद्दामा पक्राउ गरेको थियो।

यसअघि पनि ईडीको टोलीले अभिनेत्रीसँग तीनपटक सोधपुछ गरिसकेको छ। ५ डिसेम्बर २०२१ मा पनि देशबाहिर जान खोजेको भन्दै अभिनेत्रीलाई मुम्बई एयरपोर्टमा रोकिएको थियो। 

ईडीले ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोडको मनी लान्ड्रिङ प्रकरणमा ज्याकलिन फर्नान्डिजसँग उनको र ठगको सम्बन्धको ’boutमा धेरैपटक सोधपुछ गरेको छ। अनुसन्धान कर्ताका अनुसार सुकेशले अभिनेत्री ज्याकलिनलाई महँगो घडी पनि उपहार दिएका थिए।

धेरैपटक होटलको खर्च पनि सुकेशले नै बेहोर्ने गरेको बताइएको छ। ईडीका अनुसार ठग सुकेश चन्द्रशेखरले ठगी रकमबाट अभिनेत्रीलाई करिब ५.७१ करोडको उपहार पठाएका थिए।

तिहाड जेलमा ठग सुकेश चन्द्रशेखरसँग अभिनेत्रीका धेरै तस्बिर पनि सार्वजनिक भएका छन्। योसँगै सुकेशले पनि आफू र ज्याकलिन एक वर्षदेखि सम्बन्धमा रहेको दाबी गरेका छन्। यद्यपि, अभिनेत्रीले सोधपुछको क्रममा सम्बन्धलाई स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×