नेपालका तीन खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौँ - नेपाली क्रिकेट टिमका तीन सदस्य पाकिस्तान सुपर लिग (पिएसएल) ड्राफ्टमा परेका छन्।

नेपालबाट ओपनर अर्जुन साउँद, तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर सुवास खकुरेल ड्राफ्टमा परेका हुन्। उनीहरू विदेशी खेलाडीको सिल्भर कोटामा समावेश भएका हुन्।

आसन्न सिजनका पिएसएल ड्राफ्ट यही १५ डिसेम्बरमा हुँदैछ। पिएसएलले सिल्भर विधामा समावेश विदेशी खेलाडीको नाम आज सार्वजनिक गरेको हो। अहिलेसम्म नेपालबाट सन्दीप लामिछानेले मात्र पिएसएल खेलेका छन्।

उनले लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए। २०२१ मा राशिद खानको स्थानमा दोस्रोपटक लाहोरमा अनुबन्ध भए पनि सन्दीप कोरोना महामारीका कारण १ म्याच पनि खेल्न नपाउँदै स्वदेश फर्किएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×