आफूबारेको समाचारप्रति कांग्रेस केन्द्रीय सदस्य राणाको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संग्लनता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। 

उनले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी कलेज, उल्लेन्स स्कुल र ब्लड डोनर्स एसोसिएशन अफ नेपालबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

कांग्रेसको १४औँ महाधिवेशनबाट हालै केन्द्रीय सदस्यमा निर्वाचित डा राणाले आफ्नो संलग्नताको विषयलाई जोडेर सम्प्रेषित समाचारका सम्बन्धमा स्पष्ट पारेकी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×