नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भित्रिए बलिउड कलाकार प्रदीप सिंह

काठमाडौँ- अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन्। 

विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन्। फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीताले बताएकी छिन्। निर्माण टिमले ‘ह्रस्व दीर्घ’ मा साउथ इन्डस्ट्रीका अर्का एक चर्चित कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी गरेको छ। फिल्मलाई प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उद्देश्यसहित नीता र हरिहरले भारतीय कलाकारलाई पनि फिल्ममा स्थान दिन लागेका हुन्।

नेपाल र भारतमा छायांकन हुने बताइएको फिल्म नेपाली र हिन्दी भाषामै तयार हुनेछ। फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन्। आगामी असारदेखि छायांकन सुरु हुने फिल्ममा नीता र हरिहरको मुख्य भूमिका रहनेछ।  फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहने छ। फिल्म बलिउडका चर्चित छायांकार कविर लालले छायांकन गर्ने भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×