काठमाडौँ - मणिरत्नम निर्देशित तामिल भाषाको फिल्म ‘पोनियन सेल्भिन’को पहिलो भागले बक्सअफिसमा आँधी ल्याएको छ। बीबीसीले यो फिल्म किन बक्सअफिसमा हिट भयो भन्ने कुराको चर्चा गरेको छ।
भारतका महान सम्राटमध्ये एकमा आधारित पोनियन सेल्भानलाई तामिल भाषामा लेखिएको मध्ये एक उत्कृष्ट उपन्यासको रुपमा धेरैले व्यापकरुपमा मान्ने गरेका छन्।
यो कथा ९ औं शताब्दीदेखि १३ औं शताब्दीसम्म तामिल भूमिमा शासन गर्ने चोल वंशका राजाराजा चोल अर्थात राजाहरुको राजा हो जसलाई उनका वफादार प्रजाहरुले दिएको नाम थियो।
राजाराजा चोल वंशका पहिलो राजा थिएनन् तर उनले आफ्नो राज्यलाई सानो राज्यबाट विस्तार गरेर भारतको प्रमुख साम्राज्य राज्यको रुपमा स्थापित गरे। तिनीहरुको राजनीतिक प्रभाव थाल्यान्ड, श्रीलंका, माल्दिभ्स, सुमात्रा, थाइल्याण्ड र मलेसियाका केही भागमा फैलिएको थियो र चीनसँग उनीहरुको कूटनीतिक सम्बन्ध थियो।
इतिहासकार सुनिल खिल्नानी लेख्छन्, ‘राजाराजाले कुनै कुरा हटाए जसलाई अघिल्ला राजाहरु कसैले हटाएका थिएनन्। उनीहरुले काठको जहाजबाट बनेका व्यापारिक डुंगाहरु चलाउने शिल्प र समुन्द्री अभियान सुरु गरे, धेरै टाढाको सम्पत्ति समेत घरमा फिर्ता ल्याए।
स्टारहरुले भरिएको र ७० मिलियन डलर खर्च भएको यो फिल्म पोनियन सेल्भानको सिंहासन आरोहण भएपछि र उनका बुवा बिरामी भएपछि शाही कर्तव्यबाट हटेपछिको कथा फिल्मले पेश गर्छ।
फिल्मको कथानुसार राज्य दरबारीया षड्यन्त्र र सम्भावित कूमा फसेको छ। दरबारभित्रकै केही सदस्यले सिंहासन हडप्ने षड्यन्त्र गर्छन् र शत्रु राजाहरुले हत्याको षड्यन्त्र गर्छन्।
बलिउड स्टार ऐश्वर्या राय बच्चनले निर्वाह गरेको नन्दिनी चरित्र निकै शक्तिशाली लाग्छ। शक्तिशाली र रहस्यमयी चरित्रको रुपमा उनले अभिनय गरेकी छिन्। उनको प्रतिद्वन्द्वी राजकुमारी कुन्दवई (मुख्य तमिल अभिनेत्री ट्रिशाले खेलेको) हो जसले षड्यन्त्रलाई हराउन, आफ्ना भाइहरूलाई जोगाउन र उनको सही दाजुभाइ सिंहासनमा उक्लिएको हेर्न चाहन्छिन्।
पोन्नियिन सेल्भानको कथालाई लेखक र पत्रकार कल्की कृष्णमूर्तिले सन् १९५५ मा तमिल पत्रिका कल्कीमा क्रमबद्ध गरिएको थियो। लगभग २ हजार पृष्ठहरूमा फैलिएको विशाल ऐतिहासिक कथा धेरै संस्करणहरूमा प्रकाशित र अंग्रेजीमा अनुवाद गरिएको छ।
पोन्नियन सेल्भानलाई निर्देशक मणिरत्नमले भारतको लोकप्रिय फिल्मको रुपमा व्याख्या गर्दै दर्शकको उत्कट चाहनालाई आफूले प्रस्तुत गर्न चाहेको बताएका छन्।
क्रिटिक्सहरुले मणिरत्नमको ५ भागको उपन्यासलाई २ भागमा रुपान्तरण गरेकोमा उनको प्रशंसा गरेका छन्। दोस्रो भाग अर्कोे वर्ष रिलिज हुने तयारीमा छ। महामारीको बाबजुद निर्देशकले फिल्मको दुबै भागको छायांकन १५० दिनमा गर्न सफल भएका थिए।
पोन्नियन सेल्भानले पहिलो सप्ताहन्त बक्सअफिसमा आक्रामक व्यापारको सुरुआत गरेको छ। दक्षिण भारतीय सहर चेन्नइका सिनेमा घरमा दर्शक मध्यरातको टिकट लिनका लागि पनि लाइनमा प्रतीक्षारत छन्। फिल्म रिलिजको खुशियालीमा हलबाहिर लोकबाजा बजाउँदै दर्शक उभिएको दृश्य तामिलनाडुभर देखिएको छ।
उपन्यासमा उल्लेख गरिएअनुसार चोलहरुद्धारा शासित तामिलनाडुका पुराना राज्य र गाउँमा यात्रा गर्न प्रशंसकले समूह फैलाएर फिल्मको प्रवद्र्धन अभियान चलाइरहेका छन्।
पहिलो भाग यस्तो कथामा आएर टुंगिएको छ जसलाई लिएर दर्शकहरु अर्को वर्ष दोस्रो भागको प्रतीक्षामा छन्। फिल्मले विश्व बक्सअफिसमा २०० करोडको आँकडा पार गरेको जनाइएको छ।