‘हेल्लो जिन्दगी'को प्रचार-प्रसार सुरु

काठमाडौँ। नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनको तयारीमा रहेको छ। चलचित्र ११ चैत्रबाट प्रदर्शनमा आउने भएसँगै निर्माण पक्ष चलचित्रको प्रचार-प्रसारमा लागेको छ। सोहि क्रममा अभिनेता तथा निर्माता विक्रम डी जोशीले सिद्धार्थ वनस्थली-२०४७का आफ्ना स्कुले साथीहरूलाई ‘हेल्लो जिन्दगी’ अङ्कित ‘टोकन अफ लभ’ दिएका छन्।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा  प्रियङ्का कार्की, दीपिका प्रसाईँ, विल्सन विक्रम राई, एभरेस्ट सूर्य बोहरा, विक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त, सनमकुमार वैराग आदि कलाकारहरुको अभिनय रहेको छ। बेलायत र नेपालमा छायांकन भएको चलचित्रका 

निर्माता हिराल जोशी र विक्रम डी जोशी रहेका छन् भने कार्यकारी निर्माता सृजना जोशी र सह निर्माता सबिता गुरुङ रहेकी छिन्। चलचित्रमा निर्देशक बोहरा र विक्रम डी जोशीको कथा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×