पाटन प्रिमियर लिग: क्वाटरफाइनल समीकरण पूरा

बैतडी - बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी-२० खुला  क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

समूह ‘ए’बाट पाटन स्टार क्रिकेट क्लब, भीमदत्त पोलिटेक्निक इन्स्टिच्युट (बिडिपिआइ) र बासुलिङ क्रिकेट क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन्। यसैगरी समूह ‘बी’बाट ग्वाल्लेक क्रिकेट क्लब, पिसिसी पल्टन र खोड्पे क्रिकेट क्लब (केसीसी) क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत बिहीबार क्वाटरफाइनलका खेलहरु हुनेछन्। पाटन नगरपालिका-६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने पहिलो खेलमा पाटन स्टार र बासुलिङ भिड्दा दोस्रोमा ग्वाल्लेक र केसीसी प्रतिस्पर्धा गर्नेछन्। यस्तै तेश्रोमा बासुलिङ र बिडिपीआइ, चौथोमा पाटन पल्टन र ग्वाल्लेक र पाचौँमा खेल बिडिपिआइ र पाटन स्टारबीच हुनेछ।

२४ टोली सहभागी प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताएका छन्। प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। उपविजेता टोलीले ५५ हजार ५५५ नगदसहित प्रमाणपत्र हात पार्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरूप ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ।

पाटन क्रिकेट क्लबको आयोजनामा शुरू भएको प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो। यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबको सहकार्य रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×