प्रिमियर लिगमा टाेटेनहमको फराकिलाे जितमा सनको ह्याट्रिक

काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा टाेटेनहम हाेटस्पुर विजयी भएकाे छ। ऊ घरेलु मैदानमा लेस्टरिसटीविरुद्ध ६-२ ले विजयी भएकाे हाे। टाेटेनहम हटस्पुर स्टेडियममा घरेलु टाेलीलाई जित दिलाउन सन ह्युङ मिनले ह्याट्रिक पूरा गर्दा ह्यरी केन, एरिक डियर र रोड्रीगो बेन्टेन्कुरले १-१ गोल गरेका थिए।

लेस्टरका लागि युरी टिलिम्यान्स र जेम्स म्याडिसनले १-१ गोल फर्काएका थिए। खेलको सुरुवाती अग्रता भने पाहुना टाेलीले लिएकाे थियाे। टेलिम्यान्सले पेनाल्टीमार्फत गाेल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए।

लेस्टरकाे त्याे अग्रता लामाे समयसम्म टिक्न भने सकेन। गाेल खाएकाे २ मिनेटपछि नै केनले टाेटेनहमलाई १-१ को बराबरीमा ल्याएका थिए। २१ औं मिनेटमा डियरलले गाेल गर्दै घरेलु टाेलीलाई २-१ ले अघि बढाए। ४१ औं मिनेटमा म्याडिसनले गाेल गरेपछि लेस्टर २-२ को बराबरीमा आएको थियो।

४७ औं मिनेटमा बेन्टेन्कुरले घरेलु टाेलीलाई ३-२ ले अघि बढाएका थिए। ७४, ८४ र ८६ औं मिनेटमा सनले गाेल गर्दै ह्याट्रिक पूरा गरेपछि टाेटेनहमले ६-२ काे फराकिलाे जित निकाल्याे।

जितसँगै टाेटेनहम ७ खेलमा १७ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट १ अंकका साथ पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×