गण्डकीका सहकारी उत्पादनमा केन्द्रित

गलकोट, २५ फागुन (रासस) ः देशभर सहकारी ऋण, बचत र मुनाफामा मात्र केन्द्रित भइरहेको गुनासो भइरहेका बेला गण्डकी प्रदेशमा स्थापित सहकारीले नमूना उत्पादनशील कार्यमा अग्रसरता देखाएका छन् । 

सहकारीले उत्पादनमा लगानी बढाएसँगै यसले प्रदेशको उत्पादकत्व र रोजगारी प्रवर्द्धनमासमेत टेवा पुर्याइरहेको छ। गण्डकी प्रदेशमा झण्डै दुई हजार ७०० सहकारी छन्। जसमध्ये निकै कम सहकारीले मात्रै बचत तथा ऋणको कारोबार नगरेर उत्पादनसँग जोडिएर जनतालाई रोजगारी र आर्थिक विकासमा टेवा पुर्याएको भए पनि पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारीलेसमेत कूल कारोबारको केही अंश उत्पादनमा लगाउँदै आएका छन्।

अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशका सहकारी प्रदेश ऐनको सकारात्मक पक्षलाई पछ्याउँदै अगाडि बढेको सहकारीकर्मी बताउछन्। नेपालमा विभिन्न विषयगत सहकारी सञ्चालित छन्। नेपालमा सहकारीको तथ्याङ्क हेर्ने हो भने बचत तथा ऋण सहकारी, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, दुग्ध, सञ्चार, कफी, मत्स्य, स्वास्थ्य, मौरी, जडीबुटी र महिला सहकारी सञ्चालनमा छन्। विधागत रुपमा स्थापना भएका सहकारीसमेत उद्देश्यअनुरुप सञ्चालनमा नआएको, बचत तथा ऋणमा मात्र केन्द्रित भएको गुनासो अधिक छ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ अनुसार सहकारीले आफ्नो लगानीको ३० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगानी गर्ने नेपालमै नयाँ र प्रभावकारी ऐन बनाएका कारणसमेत गण्डकी प्रदेशका ११ जिल्लाका सहकारीले आफूलाई उत्पादनमा केन्द्रित गर्न थालेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×