लोकप्रिय बलिउड नायिका अनुष्का शर्मा पुनः पर्दामा देखिने

काठमाडौँ – प्रसिद्ध क्रिकेटर विराट कोहली एवं लोकप्रिय बलिउड नायिका अनुष्का शर्मा अनुष्का शर्मा फेरी पर्दामा देखिने भएकी छिन्। एक सन्तानकी आमा बनेपछि पर्दाबाट बाहिर रहेको अनुष्का पुनः ६ वर्ष पछि पर्दामा देखिने भएकी हुन्। सन् २०१८मा आएको “जिरो” उनको पछिल्लो फिल्म रहेको थियो।

अभिनेत्री अनुष्का अहिले झुलन गोस्वामी बायोपिकमा काम गरिरहेकी छिन्। क्रिकेटर कोहलीसँग विवाह गरेकी उनले चर्चित क्रिकेटर झुलनको जीवनीमा आधारित बायोपिकमा क्रिकेटरकै भूमिका निर्वाह गर्दै पर्दामा पुनः फर्किने भएकी छिन्।

केही समय अघि अनुष्का भारतीय महिला क्रिकेट टिमकी कप्तान झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी उनी चलचित्रको अनाउन्समेन्ट सुट गर्न त्यहाँ पुगेकी थिइन्। चलचित्रको छिट्टै औपचारिक निर्माणको घोषणा हुने भारतिय रंगमिडियाहरुबाट जानकारी प्राप्त भएको छ।

यसै गरी उनी आमिर खानले बनाउने भनिएको च्याम्पियन्सको रिमेकमा पनि जोडिने बताइएको छ। उनी उक्त फिल्ममा नायिकाको रुपमा प्रस्तुत हुने छिन् भने नायक आमिर जँड्याहा कोचको रुपमा प्रस्तुत हुनेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×