प्रेममा छिन् अभिनेत्री सुहाना थापा?

काठमाडौँ। अभिनेत्री सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनको तयारीमा रहेको छ। यसैबिच उनले आफ्ना प्रशंसकहरुलाई आफु प्रेममा रहेको संकेत दिएकी छिन्। उनले एक अन्तर्वार्तामा "अहिलेको जमानामा जसको पनि साथी हुन्छ नी" भनेका कारण प्रशंसकहरुले उनी प्रेममा रहेको अड्कल गरेका हुन्।

सो कार्यक्रम सञ्चालकले ‘त्यसो भए साथीहरु छन् हैन त ?’ भन्ने प्रश्न गरेपछी उनले जवाफमा‘छन् होइन, छ’ बताएकी थिइन्। उनको यो जवाफले उनका प्रशंसकहरू चकित भएका छन्। साथै उनलाई शुभकामना पनि दिएका छन्। झरना थापाको निर्देशन रहेको उनको चलचित्र ‘ए मेरो हजुर ४’ यही नयाँ वर्षदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×