काठमाडौँ - जुम ब्युटी एकेडेमीले आफ्नो नवौं शाखा बालाजुमा विस्तार गरेको छ। गायक सुगम पोखरेल र नायिका सुरक्षा पन्तले उक्त शाखाको शनिबार उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमा गायक पोखरेलले उक्त ब्युटी एकेडेमीको उन्नति र प्रगतिको कामना गरेका छन्। उनले ब्युटी एकेडेमी सञ्चालनले नेपाली दिदीबहिनीलाई रोजगारीका लागि विदेश जानु नपर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुर्याएको बताएका छन्।
यसैगरी नायिका पन्तले पनि ब्युटी एकेडेमीले सौन्दर्य र सीपको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सफलताको कामना गरेकी छिन्।
जुमकी सञ्चालक जुनु चक्रधरले नेपालमा उद्यमशीलताको विकास गरी हजारौं महिलालाई सीप सिकाएर महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले ब्युटी एकेडेमीको विस्तार गरेको जानकारी दिएकी छिन्। जुममार्फत सौन्दर्य क्षेत्रका हरेक विषयलाई विस्तारमा प्रशिक्षण दिने र हरेक सौन्दर्य सेवालाई विशेष रुपमा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको उनले जानकारी दिइन्।
जुममार्फत सौन्दर्यका विविध प्रशिक्षण प्याकेज तथा सेवाहरू उपलब्ध गराइने उनले जानकारी दिइन्। ‘अबको २ सातामा गोंगबु बसपार्क र १ महिनाभित्र ग्वार्कोमा पनि सेवा विस्तार गछौं’, उनले भनिन्, ‘भविष्यमा नेपालभर शाखा विस्तार गर्ने योजना रहेको छ।’
जुमको यसअघि कुपन्डोल, कलंकी, महाराजगञ्ज, चुच्चेपाटी, बनेपा, तीनकुने, भक्तपुरलगायतका स्थानमा शाखा विस्तार भइसकेका छन्। जुममा गुणस्तरीय सीप र सेवा विस्तारका लागि यसका निर्देशक कृषप त्वानाबासुले ५ वर्ष जापानको विश्वविद्यालयमा सौन्दर्य र नेल आर्टको अध्ययन गरेका थिए।
दुबईबाट ५ देखि १० वर्षको लामो अनुभव संगालेका प्रशिक्षकहरूले पनि जुममा सेवा दिँदै आएको निर्देशक त्वानाबासुले बताएका छन्। उनका अनुसार जुम ब्युटी एकेडेमीमा मेकअप, मास्टर इन नेल्स टेक्निसियन, माइक्रोब्लेडिङ, पर्मानेन्ट मेकअप, मास्टर इन हेयर लगायतका अन्य विशेष कोर्स उलपब्ध छन्।